राष्ट्र बैंकले गर्‍यो तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज

86
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ ।

 

राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको उपप्रवक्ता तथा सूचना अधिकारी डा. डिल्लीराम पोखरेलले प्रशासनलाई जानकारी दिए ।

 

कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनु/दिनु भए ३५ दिनभित्र लिखित जानकारी दिन भनिएको पोखरेलले बताए ।

Share: