Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विकास निर्माणकाे काम प्रकृतिमैत्री ढँगले गराैं : उपप्रधानमन्त्री सिंह – Lekhanpeeth

विकास निर्माणकाे काम प्रकृतिमैत्री ढँगले गराैं : उपप्रधानमन्त्री सिंह

170
0
Share:

बाठमान्डौ/उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनकाे असरबाट नेपाल प्रभावित भएकाे भन्दै अब प्रकृतिमैत्री ढँगले विकास निर्माणकाे काम गर्नुपर्ने बताएका छन्।

 

आइतबार साेलु दुधकुण्ड नगरपालिकाकाे प्रशासनिक भवनकाे शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुने बताउँदै प्रकृतिमैत्री हुने गरि प्रविधिकाे प्रयाेग गरेर विकास निर्माणकाे काम गर्नुपर्नेमा जाेड दिए।

 

`विकास निर्माणकाे काम त गर्नुपर्छ। तर, विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ भन्ने हामीलाई घटनाक्रमले सिकाएकाे छ। अब त्यही अनुसार विकास निर्माणकाे काम गर्नुपर्छ´ उनले भने, `घर बनाउँदा, प्रशासनिक भवन बनाउँदा हाेस् वा विकास निर्माणकाे अरू काम गर्दा अब समय बमाेजिम हामी चल्नैपर्छ। गाउँठाउँलाई जाेगाउने हाे भने वातावरणलाई हामीले ध्यान दिनैपर्छ।´

 

उनले प्रशासकीय भवन निर्माण भएपछि पालिकाकाे सेवाप्रवाह प्रभावकारी हुने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरे।

 

उनले पर्यटकिय हिसावले साेलुखुम्बु उत्कृष्ट गन्तव्य रहेकाे भन्दै ४० वर्ष अगाडि पिता गणेशमान सिंहसँग साेलुखुम्बु आएकाे स्मरण गरे। ४० वर्ष अगाडि र अहिले हेर्दा आफूले साेलुखुम्बुमा विकास निर्माणकाे हिसावले धेरै परिवर्तन पाएकाे सिंहले बताए। अहिले व्यवस्था फेरियाे अवस्था फेरिएन भन्दै गलत भाष्य बनाउन खाेजिएपनि यथार्थ त्यस्ताे नरहेकाे बताए।

 

त्यस्तै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थीरता र आर्थिक विकासका लागि अहिलेकाे सरकारले काम गरिरहेकाे भन्दै जनतालाई थप अधिकारसम्पन्न बनाउन संविधान संशाेधन गर्न लागिएकाे प्रष्ट पारे।

 

`संविधानलाई अझ प्रभावकारी बनाउन, तीन तहकाे सरकारलाई अधिकारसम्पन्न बनाउन करिब एक दशककाे तिता मिठा अनुभवबाट सिकेर कहाँ कहाँ समस्या भयाे त्यसलाई हल गर्न संविधान संशाेधन गर्ने सहमति कांग्रेस-एमाले सरकार बन्दानै भएकाे हाे। त्यहीअनुसार अहिले छलफल अघि बढेकाे छ,´ उनले भने।

 

संविधान जारी गर्दाजस्तै सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशाेधनकाे प्रक्रिया अघि बढ्ने सिंहकाे भनाइ थियाे।

Share: