सुनको मूल्य १४ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

70
0
Share:

काठमान्डौ/नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १४ सय रुपैयाँले बढेर एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

मंगलबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला मंगलबारकै मूल्य एक हजार ७ ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: