तराईमा हुस्सु, पहाडमा आंशिक बदली हुने

69
0
Share:

काठमान्डौ/जल तथा मौसम विज्ञान विभागले आज बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ । तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य र यातायात सेवामा असर पर्नसक्ने विभागले बताएको छ ।

 

विभागका अनुसार हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ । वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

 

Share: