Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बाबुको कुटपिटबाट छोराको मृत्यु – Lekhanpeeth

बाबुको कुटपिटबाट छोराको मृत्यु

331
0
Share:

काठमान्डौ/सिन्धुलीमा बाबुको कुटपिटबाट छोराको मृत्यु भएको छ । हरिहरपुरगढी गाउँपालिका–३, चपराडाँडाका ४९ वर्षीय लीलाबहादुर पुर्कोटी सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

शनिबार (हिजो) बेलुका करिब साढे ८ बजे लीलाबहादुरका बुवा ७६ वर्षीय डोमानसिंह कार्कीले उनीमाथि फलामको गलले प्रहार गरेका थिए । घरायसी विवादका क्रममा डोमानसिंहले गलले टाउको र ढाडमा प्रहार गर्दा लीलाबहादुर गम्भीर घाइते भएका थिए ।

 

घाइते लीलाबहादुरलाई उपचारका निम्ति मकवानपुरको हेटौँडा अस्पतालमा पठाइएको थियो । उपचारका क्रममा शनिबारै राति साढे १० बजे उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

 

कुटपिट गर्ने डोमानसिंहलाई गल र कोदालोसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Share: