Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल लाइफ क्यापिटलको सञ्चालक समिति अध्यक्षमा लामिछाने चयन – Lekhanpeeth

नेपाल लाइफ क्यापिटलको सञ्चालक समिति अध्यक्षमा लामिछाने चयन

137
0
Share:

काठमान्डौ/नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा पुस १९ गते काठमाडौंमा सम्पन्न भएको छ। सभाबाट आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको कम्पनीले जनाएको छ।

 

संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन्।

 

साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११० औं बैठकले लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको प्रमुख कार्यकारी अधिकृत मनिष घिमरिले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

Share: