सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

99
0
Share:

काठमान्डौ/नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो ।

 

सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने केही बढेको छ। महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने २० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो ।

Share: