जस्मिन पेन्ट्सले आईपीओ निष्कासन गर्ने

64
0
Share:

काठमान्डौ/जस्मिन पेन्ट्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रतिकित्ता सय रुपैयाँका दरले ५ करोड रुपैयाँको ५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ ।

 

आईपीओ निष्कासन गर्न लागेको कम्पनीले सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 

जस्मिन पेन्ट्सका कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

 

Share: