Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’ – Lekhanpeeth

विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’

119
0
Share:

काठमान्डौ/तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आए । मलेसियामा पनि राम्रो कमाई नभएपछि उनले गाउँमै केही गर्ने प्रण गर्नुभयो र सुरू गरे । विभिन्न मूर्ति बनाउन । न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उनले मूर्ति बनाउन सुरू गरे । अहिले उन विभिन्न मन्दिरमा मूर्ति बनाउँदै हिँडिरहेको छ ।

 

तुलसीपुर–१ स्थित धनेश्वर मन्दिरमा उनले शिव, बाघ, गणेश, नन्दी, शिवलिङ्ग, डमरू, नागले बेरेको मूर्ति बनाएको छ । “गाउँकै मन्दिर पनि हो, सबैले मेरो कला देखेको थियो”, सुवेदीले भने, “त्यसपछि न्यून शुल्कमा मैले सबै मूर्ति बनाएँ ।”

 

त्यतिमात्र होइन सुवेदीले सोही वडाकै देवीस्थान मन्दिरमा नन्दीको मूर्ति, तुलसीपुर–८ अस्वारमा बाघका मूर्ति र सोही वडाको कृष्ण मन्दिरमा शिवलिङ्ग पनि बनाएको छ । उनले खाली समयमा घरमा पनि विभिन्न मूर्ति बनाउने गरेको छ । “बाहिरबाट खासै माग भइरहेको छैन, अझै सिक्दैछु”, सुवेदीले भने, “फुर्सदका बेला घरमै पनि मूर्ति बनाउने गरेको छु ।”

 

जिल्लाभित्र छिटपुट रूपमा माग हुने गरेको भए पनि बाहिरबाट अझै माग नभएको भन्दै प्रचारप्रसार गर्न आवश्यक रहेको उनले बताए । उनले दुई वर्षदेखि यसरी नै मूर्ति बनाउने कार्य सुरू गरेको हो । “सुरूमा चित्र हेरेर कलमले कोर्ने गरेँ, केही समयमा माटोको मूर्ति बनाएँ”, सुवेदीले भने, “अलि सिकेपछि सिमेन्ट प्रयोग गरेर मूर्ति बनाउन सुरू गरेको हुँ ।”

 

एउटा मूर्ति बनाउन ३० हजारसम्म पारिश्रमिक लिने गरेको सुवेदीले बताए । त्यसमा पनि मूर्तिको आकारअनुसार पारिश्रमिक निर्धारण हुने गरेको उहाँको भनाइ छ । स्थानीयस्तरकै व्यक्तिले यसरी मूर्ति बनाउँदा यसलाई सबैतिरबाट प्रवर्द्धन गर्नुपर्ने उनको भनार्इ छ । “म आफैँ स्थानीयस्तरमा मूर्ति बनाइरहेको छुँ”, उनले भने, “तर अझै पनि ढुङ्गाबाट बनाएका मूर्ति भारतबाट ल्याउने गरिन्छ, स्थानीयस्तरको कुरालाई प्रवर्द्धन गर्नेतर्फ सबैले ध्यान दिए हुन्थ्यो ।”

 

यही पेसाबाट नै आफू स्थापित हुने सुवेदीको चाहना छ । त्यसका लागि सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनार्इ छ । वडामा भएका यस्ता प्रतिभालाई प्रवर्द्धन गर्नतर्फ आफू तयार रहेको वडाध्यक्ष हुमकान्त सापकोटाले बताए ।

Share: