Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, मंगलबार कार्यदलको पहिलो संयुक्त बैठक – Lekhanpeeth

मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, मंगलबार कार्यदलको पहिलो संयुक्त बैठक

220
0
Share:

काठमान्डौ/तराई मधेस केन्द्रित दलहरूले मोर्चा गठनको तयारीलाई तिब्रता दिएका छन्। संसदमा प्रतिनिधित्व गर्नेदेखि संसद बाहिर रहेका तराई मधेस केन्द्रित दलले मोर्चा गठन गर्ने तयारी गरेका हुन्।

 

जसअनुसार मंगलबार बिहान १० बजे समर्पण एकडेमी, धुम्बाराहीमा पहिलो पटक संयुक्त कार्यदलको बैठक बस्दैछ। साे बैठकमा अशाेक राई नेतृत्वकाे जनता समाजवादी पार्टीवाट रेणु यादव र इस्तियाक राई सहभागी हुने छन् भने उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपालवाट राजकिशोर यादव सहभागी हुनेछन्।

 

उता, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल तथा सुरेन्द्र झा सहभागी रहने छन् भने जनमत पार्टीबाट अब्दुल खान र शरद यादवको प्रतिनिधित्व रहनेछ।

 

यसैगरी, संसद बाहिर रहेका दलहरू मध्ये जन प्रगतिशील पार्टीवाट शिवजी यादव तथा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट केशव झाको प्रतिनिधित्व रहनेछ भने तराई मधेस लोकतान्त्रिक पार्टीवाट वृषेश चन्द लालले उपस्थित जनाउने छन्।

Share: