Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्री ओली आज पोखरा जाँदै – Lekhanpeeth

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

157
0
Share:

काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन्। प्रतिष्ठानको दीक्षान्त समारोह आज दिउँसो हुँदैछ।

 

दीक्षान्त समारोहमा मेडिकल विज्ञान सङ्काय पोस्टग्रयाजुएट (चिकित्सा डाक्टर–शल्यचिकित्सा स्नातकोत्तर, एमडी–एमएस)का प्रथम र दोस्रो ब्याचका ४३ विद्यार्थी दीक्षित हुँदैछन्।

 

आजै प्रतिष्ठानको सिनेटसमेत हुने बताइएको छ। आज प्रतिष्ठानको भवन उद्घाटन, सिनेट बैठकपछि दीक्षान्त हुने कार्यतालिका छ। प्रतिष्ठान परिसरमा बनेको आकस्मिक भवन प्रधानमन्त्रीले उद्घाटन गर्नेछन्। त्यही भवनका माथिल्ला तलमा एमबिबिएसको अध्यापन गर्ने तयारी रहेको प्रतिष्ठानले जनाएको छ।

Share: