
काठमान्डौ/कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको एक अर्बभन्दा धेरै बचत रकम ठगी प्रकरणमा हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटीमा छुट्ने भएका छन् । काठमाडौंजिल्ला अदालतका न्यायाधीश ठाकुर खरेलको इजलासले जोशीसँग ५० लाख रुपैयाँ धरौटी मागेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले जोशीविरुद्ध जिल्ला सरकरी वकिलको कार्यालयमार्फत् ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो मागदाबीसहित मुद्दा चलाएको थियो । यस्तोमा अदालतले उनलाई ५० लाख धरौटी लिएर तारेखमा रिहा गर्न आदेश दिएको हो ।
यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ६० लाख धरौटीमा रिहा भइसकेका छन् । यसअघि पूर्वडीआईजी जोशी पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ८८ लाख धरौटी तिरेर छुटेका थिए ।