Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज पाँच संसदीय समितिको बैठक बस्दै – Lekhanpeeth

आज पाँच संसदीय समितिको बैठक बस्दै

Share:

काठमान्डौ/आज संघीय संसद अन्तर्गतका पाँच वटा समितिको बैठक बस्दैछ। जसअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औँल्याएका विषय, समितिमा प्राप्त उजुरीमाथि छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ।

 

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे बोलाइएको छ। बैठकमा समितिको कार्ययोजना कार्यान्वयन अवस्थाको सम्बन्धमा छलफल हुनेछ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ ।

 

यस्तैगरी, दिउँसो १ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा महान्यायाधिवक्ताको कार्यालयको काम कारबाहीको सम्बन्धमा छलफल हुनेछ । त्यस्तै अपराह्न ३ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल हुनेछ।

Share: