Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ऋषिकेशका पूर्वस्वकीय सचिवलाई ५ लाख धरौटीमा छाड्ने आदेश – Lekhanpeeth

ऋषिकेशका पूर्वस्वकीय सचिवलाई ५ लाख धरौटीमा छाड्ने आदेश

156
0
Share:

काठमान्डौ/जिल्ला अदालत मोरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

 

बिहीबार व्यक्ति ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो । मोरङ अदालतका अनुसार पोखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको थियो । बिहीबार बयान र थुनछेक बहसपछि ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

 

पोखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-५ का बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

Share: