Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हर्क साम्पाङले मिडिया स्टन्टबाजी गरेको खानेपानी मन्त्रीको आरोप – Lekhanpeeth

हर्क साम्पाङले मिडिया स्टन्टबाजी गरेको खानेपानी मन्त्रीको आरोप

181
0
Share:

काठमान्डौ/खानेपानीमन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङले रित्तो ग्रागी बोकर पानी माग्न सिंहदरबार आएर मिडिया स्टनबाजी गरेको आरोप लगाएका छन्।

 

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले स्टाबाजी गर्ने भन्दा पनि काम गरेर देखाउने भन्दै एक वर्षभित्र धरानमा खानेपानीको समस्या समाधान गरेर देखाउने बताए।

 

‘धरान जस्तो धेरै गाउँपालिका र नगरपालिका छन्। समस्या धेरैतिर छ। तर, यसरी रित्तो गाग्री बोकेर वा एउटा गाग्रीमा पानी भरेर समस्या समाधान हुँदैन। मिडिया स्टनबाजी गर्ने छुट्टै हो, काम गर्ने छुट्टै हो। हामी काम गरेर देखाउँछौं। अबको एक वर्षभित्रमा काम गरेर देखाइदिन्छु,’ उनले भने।

 

त्यस्तै उनले धरानमा पानीको व्यवस्था गर्नको लागि करिब ६ अर्बको बजेट छुट्याइएको बताए। ठूलो बजेट भएकाले एडीबीको ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्न लागेको उनले जानकारी दिए।

 

‘अहिलेका मेयरले पनि एकदमै मेहेनत गर्नुभयो। अलि अलि पानी त ल्याउनुभयो। त्यतिले पुग्दैन्। तीन वटा वडामा पनि पुग्दैन्। पूरै धरानमा कसरी पुग्छ र त्यसैले केन्द्रलाई गुहार्न आइपुग्नुभयो। संघले आफ्ना नागरिकलाई पानी दिन आतुर छ। प्रधानमन्त्री र म बीच धरानको खानेपानी समस्याबारे छलफल भएको छ। करिब छ अर्बको बजेट छ हामीसँग। त्यहाँको समस्या भनेको जग्गा अतिक्रमण गर्नुपर्ने छ,’उनले भने,‘प्रधानमन्त्रीको निर्देशन अनुसार धरानमा पानीको व्यवस्था गर्छौं। एडीबीको ऋण सहयोग त्यहाँ खर्च गर्ने सल्लाह भएको छ। किनकी ठूलो बजेटको कुरा छ। छलफल गरिसकेको छौं। त्यो ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्छौं।’

त्यस्तै उनले पहिला पनि निर्वतमान मेयरले बहादुरी देखाउन खोज्दा जनताले पाइराखेको खानेपानी पनि गुमाउन पुगेको स्मरण गरे।

 

उनले भने,‘धरानमा पानीको समस्या पहिलेदेखि नै थियो। धरानका डाँडाकाडाँमा समस्या धेरै नै थियो। धरानमा खानेपानी मन्त्रालयको मातहतमा रहेका नेपाल खानेपानी संस्थानले पानी खुवाइरहेको थियो। तर मेयरसाबले बहादुरी देखाउनुभयो। यो संस्थानबाट पानी लिन्न आफैं सक्षम छु भन्नुभयो। संस्थानको सबै अधिकार आफ्नो मातहतमा लिनुभयो तर सक्नुभएन।’

Share: