Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
टाइगर कपको ट्रफी सार्वजनिक – Lekhanpeeth

टाइगर कपको ट्रफी सार्वजनिक

293
0
Share:

काठमान्डौ/पाँचौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ। पोखरा रंगशालाको भलिबल मैदानमा शनिबारदेखि सुरु हुने प्रतियोगिताको ट्रफि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सार्वजनिक गरेका हुन्। ट्रफि सार्वजनिक गर्दै मन्त्री थापाले खेलाडी उत्पादन र क्षमता विकासमा प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने बताए।

 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ। प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए। एक विदेशी टोली आउन ढिलाई भएका कारण ट्राईसिट निकाल्न ढिलाई भएको उनले बताए।

 

प्रतियोगिताको पहिलो खेल शनिबार बिहान १० बजेबाट सुरु हुनेछ। खेल हेर्ने दर्शकका लागि टिकट खुला गरिएको आयोजकले जनाएको छ। खेल हेर्नका लागि इसेवामार्फत अनलाइन टिकट काट्न सकिनेछ।

 

प्रतियोगितामा पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रसँगै हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सहभागिता जनाउनेछन्।

 

महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल खेल्नेछन्। यसपालि गण्डकीको सट्टामा आयोजक टाइगर ग्रुपले छुट्टै महिला टोली सहभागी बनाएको हो।

 

पाँचौं संस्करणमा पुरुष र महिला दुवैतर्फको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ। तेस्रो हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ।

Share: