रास्वपा सांसदले मागिन् होटेलको सिसिटिभी फुटेज र बिल

Share:

काठमान्डौ/रास्वपाकी सांसद विनिता कठायतले कृषि समितिका सदस्यहरू बसेको होटेलको सिसिटिभी फुटेज झिकाउन माग गरेकी छन् । २९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटेलको सिसिटिभी फुटेज र बिल भरपाई झिकाउन भन्दै सांसद कठायतले उजुरी दिएकी हुन् ।

 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उनले पोखरास्थित होटेल ओपन हाउसबाट राति ८ देखि १० बजेसम्मको सिसिटिभी फुटेज झिकाउन माग गरेकी हुन् । उनले सो दिन भएको खर्चको विवरणसहितको बिल भरपाई झिकाउन समेत माग गरेकी छन् ।

 

होटेलमा बसेका बेला कांग्रेस र एमालेका सांसदहरूले रास्वपाका नेताहरूमाथि अनावश्यक कुरा काटेको भन्दै सांसद कठायत समिति बैठकमै आक्रोशित भएकी थिइन् ।

 

Share: