Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रवि लामिछाने उच्च अदालत पोखरामा, साधारण तारेखको माग – Lekhanpeeth

रवि लामिछाने उच्च अदालत पोखरामा, साधारण तारेखको माग

Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत पोखरामा निवेदन दिएका छन् । जिल्ला अदालत कास्कीको धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै सभापति लामिछानेले उच्च अदालत पोखरामा निवेदन दिएका हुन् ।

 

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासबाट ६५ लाख धरौटीमा रिहा भएका लामिछानेले जिल्ला अदालतले तोकेको धरौटी बदर गरि साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भन्दै उच्चमा निवेदन दर्ता गरेका हुन् ।

 

लामिछानेका कानुन व्यवसायीका अनुसार जिल्ला अदालतले तोकेको धरौटी रकम बदर गरी साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गर्न पाउने आदेशको माग गर्दै निवेदन दर्ता भएको हो ।

Share: