Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मधेश केन्द्रित गठीत कार्यदलकाे बैठक बस्दै – Lekhanpeeth

मधेश केन्द्रित गठीत कार्यदलकाे बैठक बस्दै

214
0
Share:

काठमान्डौ/सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित विभिन्न आठ दलहरूको कार्यदलले आजदेखि कार्यक्रम सुरु गरेको छ । शुक्रबार कार्यदलले दुइवटा कार्यक्रम गर्ने भएको हो । कार्यदलले शुक्रबार बिहान मुक्कुमलुङमा गोली लागि घाइते भएका योद्धासँग भेट्ने छ । ताप्लेजुङस्थित धार्मिक स्थल मुक्कुमलुङ पाथीभरा क्षेत्रमा केवलकारको विवादमा शनिबार साँझ गोली प्रहार हुँदा धेरै जना घाइते भएका थिए ।

 

केही घाइतेहरूको काठमाडौं महाराजगन्जस्थित टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । आज १० : ३० मा हस्पिटलमै गएर भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस्तै आजै बिहीबार गठित कार्यदलको बैठक बस्ने छ । बैठक दिउँसो ३ बजे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) नेपालको संसदीय दलमा बस्ने बताइएको छ ।

 

बैठकमा जनता समाजवादी पार्टी (जसपाका इस्तियाक राई, जनमत पार्टीका शरदसिंह यादव, जसपा नेपालका मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोसपाका लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा, जनता प्रगतिशीलका शिवजी यादव र तमलोपाका ब्रजेस सिंह सहभागि हुने छन् ।

 

कार्यदलले अवधारणा, एजेन्डा, मोडिलाटी र आचारसंहिता सँगसँगै समग्र राजनीतिक परिस्थितिबारे दृष्टिकोण बनाएर शीर्ष नेताहरू समक्ष प्रतिवेदन पेस गर्ने सदस्य केशव झाले जानकारी दिए ।

Share: