Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रविमाथि सिंगो राज्य प्रतिशोधका साथ खनियो : स्वर्णिम वाग्ले – Lekhanpeeth

रविमाथि सिंगो राज्य प्रतिशोधका साथ खनियो : स्वर्णिम वाग्ले

Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वग्रहका साथ खनिएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले लामिछानेमाथि लगाइएको निलम्बनप्रति आपत्ती जनाउँदै अहिले लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वग्रहका साथ खनिएको बताएका हुन्।

 

उनले अहिले रास्वपा चरणबाट गुज्रिरहेको र पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको जिकिर गरे। छिटै रास्वपाको चौथौ चरण सुरु हुने र सबैले पार्टीको अस्तीत्वलाई स्वीकार गर्ने उनले बताए। वाग्लेले संसदीय छानविन समितिको प्रतिवेदनमा लामिछानेको नाम उल्लेख नभएपनि जवरजस्त संगठीत अपराधका नाममा फसाउने काम भएको धारणा राखे।

 

उनले नेपालको जाँचबुझ आयोग गठन गरेर सवै नेताहरुको सम्पती छानविन हुनुपर्ने र चलनचल्तीमा आएका सबै काण्डको पनि एकएक गरेर छानबिन समिति माग्ने चेतावनी दिए।

 

उनले दुईतिहाइको सामथ्र्य भएको वर्तमान सरकारले विधिको शासन स्थापीत गर्न नसकेको बताए। उनले अध्यादेशलाई नियमित लयको रुपमा प्रस्तुत गर्न खोज्नु आपत्तीजनक रहेको बताए।

Share: