Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सरकारले लामो समय संसद् बन्धक बनाएको सिके राउतको आरोप – Lekhanpeeth

सरकारले लामो समय संसद् बन्धक बनाएको सिके राउतको आरोप

624
0
Share:

काठमान्डौ/जनमत पार्टीका अध्यक्ष डा. (चन्द्रकान्त) सीके राउतले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी प्रभावकारी बनाउने र अधिकतम कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा अध्यक्ष राउतले सरकारले लामो समय संसद् बन्धक बनाएको आरोप लगाउँदै सञ्चालन भएको बेला बढीभन्दा बढी काम गर्न सक्नुपर्ने बताए।

 

‘संसद्को साँचो सरकारसँग भएकाले लामो समय बन्धक भयो । ढिलै भए पनि हामीले जनताका कुरा संसद्मा राख्न पाएका छौँ । अधिकतम ऐन कानुन यो संसदबाट पारित गरौँ’, उनले भने ।

 

सुशासन र लगानी प्रवर्द्धनका लागि आएका अध्यादेश स्वागतयोग्य रहेका उनले बताए । अध्यादेशमार्फत सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाई सहजीकरण गर्न सक्ने व्यवस्था सकारात्मक रहेको अध्यक्ष राउतको भनाइ थियो ।

 

भूमिहीनलाई व्यवस्थापन गर्ने विषय राम्रो भएको उनले बताए । “वास्तविक भूमिहीन पहिचान गरेर जग्गा वितरण गर्नुपर्छ”, उनले भने ।

Share: