मौन बसेको भन्दै अमरेशले संसद्‍मा खोजे गगन र विश्वप्रकाश

181
0
Share:

काठमान्डौ/स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले लोकतन्त्रको हत्या गर्न खोजेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा बोल्दै सिंहले कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा सामाजिक सञ्जालसम्बन्धी विधेयकमा नबोल्दा अचम्म लागेको बताए ।

 

शुक्रबार प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा बोल्दै सिंहले कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा सामाजिक सञ्जालसम्बन्धी विधेयकमा नबोल्दा अचम्म लागेको बताए ।

 

‘नीतिगत भ्रष्टचार बढेको छ । देशको राष्ट्रिय सम्पत्ति बाँडिएको छ । सिँचाइ कति बढ्यो । कृषिमा कति लगानी भयो ? सरकारले सामाजिक सञ्जाल बन्द गर्न किन बोल्दैनन् । म कांग्रेसका दुई महामन्त्री खोज्दै छु । खै त अहिले बोलेको ? लोकतन्त्रको हत्याको खतरा सरकारबाट भएको छ । लोकतन्त्र पद्धति खडा गरौँ’, उनले भने, ‘जनताले लोकतन्त्र खतरामा पारेका होइन । हामीलाई लोकतन्त्र बलियो चाहिएको छ । जनतालाई ऋण नबोकाऊ । घोषणा गरौँ न दुई वर्ष हामी कुनै सांसदले तलब लिँदैनौँ भनेर । समावेशी लोकतन्त्रको कल्पना गरौँ न ।’

 

उनले दुई पार्टीको सरकारको कामले लाज पनि लजाएको बताए । उनले झापको दमकबाहेक अन्य जिल्लामा केही नचाहिने भन्दै प्रश्न समेत गरे । उनले दुई पार्टीको सरकारको कामले लाज पनि लजाएको बताए । उनले दमकबाहेक अन्य जिल्लामा केही नचाहिने भन्दै प्रश्न समेत गरे ।

Share: