Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गायिका एलिना चौहानद्वारा सम्बन्ध विच्छेदको मुद्दा दायर – Lekhanpeeth

गायिका एलिना चौहानद्वारा सम्बन्ध विच्छेदको मुद्दा दायर

407
0
Share:

काठमान्डौ/लोकप्रिय गायिका एलिना चौहानले पतिसँग सम्बन्ध विच्छेद गर्न काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। उनले पति विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध टुङ्ग्याउन कानुनी प्रक्रिया अघि बढाएको जनाइएको छ।

 

चौहानले अदालतमा दिएको निवेदन अनुसार, उनीहरूबीच २०८१ साल वैशाख ५ गते प्रेम सम्बन्धका आधारमा विवाह भएको थियो। विवाहपछि दम्पती अस्ट्रेलिया गएका थिए, तर केही समयपछि नेपाल फर्किएपछि सम्बन्धमा गहिरो खटपट देखिएको उल्लेख गरिएको छ।

 

गायिका चौहानले पतिले बारम्बार चरित्रमाथि शंका गर्ने, कलाकारितामा संलग्न भएकाले राति अबेरसम्म कार्यक्रममा बस्नुपर्दा अप्ठ्यारो पार्ने, मानसिक तनाव दिने र विश्वास नगर्ने प्रवृत्तिका कारण वैवाहिक सम्बन्ध असहज बनेको उल्लेख गरेकी छन्। त्यसैले आफूले अंश नलिने सर्तसहित कानुनी रूपमा सम्बन्ध विच्छेद गर्न निवेदन दिएको उनको भनाइ छ।

Share: