शिक्षकहरूलाई प्रधानमन्त्रीले भने- ‘अविलम्ब वार्तामा बसौं, आन्दोलन अन्त्य गरौं’

15
0
Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई तत्काल वार्तामा बसेर विद्यालय फर्कन आग्रह गरेका छन् ।

नेपाल प्रगतिशिल प्राध्यापक सङ्गठनको ११औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा प्रतिगामी, अति दक्षिणपन्थी र उग्र वामपन्थी प्रवृत्तिहरु देखा परेको बताउँदै यिनको अन्त्यका लागि सशक्त र सचेत सामाजिक अभियान आवश्यक रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा विधेयक हाल संसदीय समितिमा विचाराधीन रहेको बताउँदै ऐन निर्माण प्रक्रियालाई सहज रुपमा अघि बढाउन शिक्षकहरुलाई सडक आन्दोलन होइन, संवादमार्फत समाधान खोज्न आग्रह गरे।

उनले सरकार दमनकारी नभइ लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए ।

‘विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ । ऐन ल्याउनकै लागि भनेर यत्रा धेरै शिक्षकहरु सकडमा आउनु पर्दैन । भर्ना अभियान सुरु भइसकेकाले । कृपया विद्यालयमा गएर भर्ना सुरु गर्नुहोस । एसइइको उत्तरपुस्तिका परीक्षण गर्नुस् । एसइइमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुस् । गुणस्तरीय शिक्षाका लागि लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरुको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ । शिक्षकहरुलाई लाभ छैन । त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । प्रतिगामी तत्वहरु सल्बनाएका बेला आन्दोलन गर्ने उपयुक्त समय पनि होइन ।’

अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्न पनि उनले आग्रह गरेका छन् ।

‘प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरूले आन्दोलन गर्ने उपयुक्त समय पनि यो होइन,’ प्रधानमन्त्री ओलीले भने।

 

 

Share: