
काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले विभिन्न १० बुँदे माग पेश गर्दै पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ । मंगलबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ट्रेड युनियनका नेताहरूले मागहरूको सूची प्रस्तुत गर्दै माग पुरा नभए आन्दोलनको अर्को चरणमा जानुपर्ने चेतावनी दिएका हुन् ।
उनीहरूले ७२ घण्टाभित्र आफ्ना माग सम्बोधन गर्दै निजामती कर्मचारी विधेयक अगाडि बढाउन आग्रह गर्दै त्यसो नभए आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिएका छन् ।
‘७२ घण्टाभित्र माग सम्बोधन गरेर निजामती सेवा विधेयक अगाडि नबढाइए आन्दोलनका थप चरण सुरु हुनेछ।,’ बैठकमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले भने ।
निजामती विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ । संसद्को वर्षे अधिवेशन १२ वैशाखबाट सुरु हुँदैछ ।
बैठकमा ट्रेड युनियनका नेताहरूले ट्रेड युनियन अधिकार, वृत्ति विकास, समायोजन, सरुवा प्रणाली, अन्तरतह समन्वय, अस्थायी करारको मागसम्बन्धी, स्थानीय तहको पदस्थापन, स्वास्थ्यी र संसद् सेवा कर्मचारीसम्बन्धी, अतिरिक्त सचिवको व्यवस्थालगायतका ११ बुँदे माग राखेका छन् ।
www.onlinepana.com/wp-content/uploads/2025/04/photo-8-493×768.jpg 493w sizes=auto, (max-width: 768px) 100vw, 768px />
www.onlinepana.com/wp-content/uploads/2025/04/photo1-1-524×768.jpg 524w sizes=auto, (max-width: 698px) 100vw, 698px />
www.onlinepana.com/wp-content/uploads/2025/04/photo2-1-527×768.jpg 527w sizes=auto, (max-width: 702px) 100vw, 702px />