सत्तारुढ गठबन्धनमा कुनै समस्या छैन : देउवा

15
0
Share:

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् ।

थाइल्यान्ड भ्रमण सकेर शुक्रबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै देउवाले गठबन्धन स्थिर रहेको दाबी गरे ।

‘गठबन्धन जसरी पनि टिक्छ, केही भएको छैन,’ देउवाले भने ।

उनले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा थाहा नभएको पनि बताए । ‘सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो, थाहा छैन मलाई,’ देउवाले भने ।

 

Share: