Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप – Lekhanpeeth

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप

141
0
Share:

काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी शिक्षकहरूको आन्दोलनका क्रममा आइतबार प्रहरीसँग झडप भएको हो ।

नेपाल शिक्षक महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गरिरहेको छ ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो ।

प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेको छ ।

 

Share: