Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विद्युतीय कार्ड लिँदा आवश्यक जानकारी लिन राष्ट्र बैंकको आग्रह – Lekhanpeeth

विद्युतीय कार्ड लिँदा आवश्यक जानकारी लिन राष्ट्र बैंकको आग्रह

130
0
Share:

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विद्युतीय कार्ड लिँदा आवश्यक सबै जानकारी लिन आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकलाई डेविट कार्ड (एटीएम), क्रेडिट कार्ड, प्रिपेड कार्ड जस्ता विद्युतीय कार्ड जारी गर्दा, आवेदन फारमसँगै कार्ड प्रयोगसम्बन्धी सम्पूर्ण आवश्यक जानकारी उपलब्ध गराउनु पर्ने नेपाल राष्ट्र बैंकबाट जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को विद्युतीय भुक्तानी कार्ड सञ्चालनसम्बन्धी व्यवस्थामा उल्लेख रहेको छ ।

विद्युतीय कार्डसम्बन्धी सेवा लिनुपूर्व उपर्युक्त कार्ड लिँदा लाग्ने शुल्क, कारोबारको सीमा तथा कार्डबाट प्राप्त हुने अतिरिक्त सुविधाहरू जस्ता विषयवस्तु बारे आवश्यक जानकारी लिन बैंकले आग्रह गरेकाे छ ।

साथै, क्रेडिट कार्डको सन्दर्भमा सोको प्रयोग गर्दा लाग्ने ब्याजदर लगायतका विषयमा आवश्यक जानकारी समेत लिनुपर्छ । विद्युतीय कार्डहरू लिँदा सोसँग सम्बन्धित विषयमा जानकारी लिन नेपाल राष्ट्र बैंकले सबैमा आग्रह गरेको छ ।

Share: