नुवाकोटका स्थानीयले बाटोमै रोके काठमाडौं महानगरको फोहोर बोक्ने गाडी

22
0
Share:

काठमाडौं । फोहोर बोकेर गएको काठमाडौं महानगरपालिकाको ट्रक बञ्चरेडाँडा ल्यान्ड फिल साइटमा रोकिएको छ ।

बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको भन्दै बञ्चरेडाँडा हिँडेको गाडी उनीहरूले रोकिदिएका हुन् ।

महानगरका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार दैनिक करिब २ सय ट्रक फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा जान्छन्। तर हाल स्थानीयको अवरोधका कारण सबै गाडी रोकिएको र समस्या समाधानका लागि वार्ता जारी रहेको जानकारी दिइन्।

Share: