आस्थाका बन्दीको रिहाइ माग गर्दै जारी रिले अनसनमा राप्रपा उपाध्यक्ष पाण्डेको ऐक्यवद्धता

29
0
Share:

ललितपुर । रवीन्द्र मिश्र लगायत आस्थाका बन्दीहरुको बिना सर्त रिहाइ माग गर्दै जारी रहेको रिले अनसनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डले ऐक्यवद्धता जनाएका छन् ।

रिले अनसन प्रति समर्थन जनाउन प्रतिनिधिसभा सदस्य समेत रहेका पाण्डे आइतबार जावलाखेल पुगेका हुन् । ललितपुरबासीले आयोजना गरेको रिले अनसनका सहभागीलाई पाण्डेले भेटेर आस्थाका बन्दीहरुको रिहाइ हुनुपर्दछ, मानव अधिकारको सम्मान हुनुपर्दछ भन्दै ऐक्यवद्धता जनाए ।

width=2560www.onlinepana.com/wp-content/uploads/2025/05/bp1-768×576.jpg 768w, www.onlinepana.com/wp-content/uploads/2025/05/bp1-1536×1152.jpg 1536w, www.onlinepana.com/wp-content/uploads/2025/05/bp1-2048×1536.jpg 2048w sizes=auto, (max-width: 2560px) 100vw, 2560px />

रिले अनसन तेस्रो दिनमा प्रवेश गरेको छ । आयोजकले अनुसार सरकारले झुटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहने छ ।

अनसनको माग निम्न छन्, आस्थाका बन्दी रिहाइ गर, मानव अधिकारको सम्मान गर, हिन्दु अधिराज्य कायम गर, राजसंस्था पुनस्थापना गर । यसैगरी अनसनमा तीनकुने घटनामा मारिएका सुरेश रजक र सविन महर्जन प्रति हार्दिक श्रद्धान्जली तथा परिवारमा समवेदना प्रकट गरिएको छ ।

झुटा मुद्दामा सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र लगायतलाई फसाउन खोजेको अनसनकारीको भनाइ छ ।

Share: