Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय – Lekhanpeeth

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

142
0
Share:

काठमाडौं । सरकारले नेपाल स्मार्ट शहरसम्बन्धी सूचकहरु स्वीकृत गर्ने निर्णय गरेको छ । वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल स्मार्ट शहरसम्बन्धी सूचकहरु २०८१ लाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिनुभएकाले निजको सट्टा उक्त समितिका पूर्व गभर्नरहरु मध्येबाट महाप्रसाद अधिकारी सदस्य रहनेगरी सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरुको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

 

 

Share: