
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफा ४५.२० प्रतिशतले घटेर छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सकाे नाफा ३३ करोड २३ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा यस कम्पनीले ६० करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा यसको खुद बिमा शुल्क आर्जन भने ४८.२६ प्रतिशतले बढेर १ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।
१ वर्षको अवधिमा यस कम्पनीको कुल खर्च ४८.२१ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यस कम्पनीको खर्च ८७ करोड ९९ लाख रुपैयाँ थियो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ भने २०१ रुपैयाँ ४६ पैसा छ ।