
काठमाडौं । आज साताको अन्तिम दिन पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक ८.४१ अंकले घटेर २६११.८५ को विन्दुमा कायम भएको छ ।
आज ३२० कम्पनीको सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सोल्टी होटलको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ३३ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३२ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटलका लगानीकर्ताले ८.२७ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.१० प्रतिशतका दरले गुमाएका हुन् ।