Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लाभांश प्रस्ताव पारित गर्न हिमालयन रि इन्स्योरेन्सले डाक्यो साधारणसभा – Lekhanpeeth

लाभांश प्रस्ताव पारित गर्न हिमालयन रि इन्स्योरेन्सले डाक्यो साधारणसभा

95
0
Share:

काठमाडाैं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीले जेठ २५ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा चौथो वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुने भएकाे छ।

सभाले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Share: