Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
वीरगञ्जको परवानीपुरदेखि पटेलनगर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ: मन्त्री यादव – Lekhanpeeth

वीरगञ्जको परवानीपुरदेखि पटेलनगर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ: मन्त्री यादव

102
0
Share:

पर्सा । खानेपानीमन्त्री प्रदीप यादले वीरगन्ज महानगरपालिका–१८ सुप्चैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताएका छन् ।

आइतबार वीरगन्ज महानगरपालिका–२१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री यादवले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने पानी जम्ने समस्या पूर्ण रूपमा समाधान हुने र आवागमनमा समेत सहजता आउने बताएका हुन् ।

‘नाला तथा ढलान निर्माणपछि यो क्षेत्रको जल निकासी प्रणाली सुधार हुने र सडक व्यवस्थित हुने छ । विकास निर्माणको कार्यमा सबै पक्षको सहकार्य आवश्यक छ’, मन्त्री यादवको भनाइ छ । एक करोड ७२ लाख रुपैयाँ लागतसहित नाला तथा ढलान निर्माण थालिएको हो । महानगरको वडा नम्बर १८ सुप्चैना र वडा नम्बर २१ परवानीपुरसम्म एक हजार २५६ मिटर लम्बाई नाला तथा ढल निर्माण हुने वीरगन्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारले जानकारी दिए ।

 

Share: