रवि र छविका निवेदन प्रधानन्यायाधीश राउत र नित्यानन्द पाण्डेको इजलासमा

10
0
Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीका निवेदन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा परेको छ ।

गत आइतबारदेखि लगातार हेर्न नमिल्ने इजलासमा परेपछि आइतबार न्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा हेर्न नमिल्ने भएपछि हेर्न मिल्ने न्यायाधीशबीचमात्र गोलामा सहभागी गराएर सुनुवाइ प्रक्रिया अघि बढाउन सर्वोच्च प्रशासनका नाममा आदेश जारी गरेको थियो ।

आदेशपछि आज हेर्न नमिल्नेबाहेकका न्यायाधीशबीच गोला प्रणालीमा सहभागी गराउँदा प्रधानन्यायाधीश राउत र पाण्डेको इजलासमा परेको हो ।

सुप्रिम सहकारी ठगीविरुद्ध रवि र छवि दुवैले उच्च अदालत तुल्सिपुरको आदेशविरुद्ध निवेदन हालेका छन् । रविका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले अघिल्लो हप्ताको मंगलबार नै बन्दी प्रत्यक्षीकरणको निवेदन हालेकी थिइन् ।

तर, उक्त निवेदनमा गत हप्ताभर नै पालो नआएर आइबार पनि हेर्न नमिल्ने इजलासमा परेपछि हेर्न मिल्ने न्यायाधीशको इजलासमा पर्ने गरी प्रक्रिया अघि बढाउने आदेश भएको थियो ।

Share: