
काठमाडौं । आज सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ को विन्दुमा कायम भएको छ ।
आज २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब ३१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीकाे ४१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३६ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.३९ प्रतिशतका दरले गुमाएका हुन् ।