पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस

18
0
Share:

काठमाडाैं । कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार पोखरा आसपास कम्पन महसुस भएको हो ।

भूकम्पको केन्द्र कास्कीको सिनुवा आसपास रहेको र भूकम्प ४.७ म्याग्निच्युडको रहेको अनुसन्धान केन्द्रले जनाएकाे छ ।

Share: