नवनियुक्त गभर्नर पौडेलले सम्हाले कार्यभार

55
0
Share:

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले कार्यभार सम्हालेका हुन् ।

मंगलबार बिहान बसेको गभर्नर सिफारिस समितिको बैठकले गरेको सिफारिसअनुसार मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले उनलाई केन्द्रीय बैंकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

 

Share: