कानुन विपरीतको व्यक्तिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरियाे : ज्ञानेन्द्र शाही

21
0
Share:

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कानुनविपरीत नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेललाई नियुक्त गरिएको टिप्पणी गरेका छन् ।

गभर्नर सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषदको मंगलबारको बैठकले अर्थविद् पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसबारे बुधबारको अर्थ समिति बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतकसमेत रहेका शाहीले कानुनविपरीत गभर्नर नियुक्त गरिएको बताएका हुन् । ‘राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि पार्टीको सदस्य हुन हुँदैन भन्ने व्यवस्था छ,’ शाहीले भने, ‘मौद्रिक नीतिको ज्ञानसमेत नभएको मानिसलाई गभर्नर बनाइएको छ।’

 

 

Share: