प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा ग्वासी विद्यालयलाई झोला वितरण

45
0
Share:

काठमाडाैं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कैलाली जिल्लाको चुरे गाउँपालिका अन्तर्गत रहेको ग्वासी आधारभू विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम थापाको अध्यक्षतामा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाको दुर्गममा रहेको उक्त विद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्मका ११० जना विद्यार्थीहरुलाई
एक औपचारिक कार्यक्रमका बीच झोला वितरण गरेको छ ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधि, शिक्षक अभिभावक संघका पदाधिकारी तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

स्थानीय तहको शिक्षा विकासमा निजी क्षेत्रको सहभागिता बढ्दै जाँदा यस्ता पहलहरूले विद्यार्थीको पठनपाठनमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ ।

Share: