
काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त भएसँगै आज सेयर बजार घटेकाे छ । बजार खुल्ने बित्तिकै ९० अंक माथि वृद्धि भएको बजार अन्तिममा घटेर बन्द भएको हो ।
आज नेप्से परिसूचक ७.९४ अंकले घटेर २६६९ को विन्दुमा कायम भएको छ । आज ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको मूल्य घटेको छ ।
आज १० अर्ब ६९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ७१ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ५९ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.२७ प्रतिशतका दरले गुमाएका छन् ।