फिल्म ‘पुजार सार्की’को टिजर सार्वजनिक

Share:

काठमान्डौ/चलचित्र ‘पुजार सार्की’को टिजर सार्वजनिक भएको छ । आज सार्वजनिक भएको टिजरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बूलाई देख्न सकिन्छ ।

 

जेठ १० गते रिलिज हुने चलचित्रको टिजरमा आर्यन पुजारीको भूमिकामा देखिएका छन् । उनी डोलीमा छन् । मैत बहादुर बनेका प्रदीप खड्का र आर्यन भागिरहेको देखाएको टिजरमा पलले भरुवा बन्दुक चलाएका छन् ।

 

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मालगायत कलाकारको अभिनय छ ।

 

Share: