
काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घटेको छ ।
आजका लागि सुनकाे मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मुल्य तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०२५ रुपैयाँ रहेको चाँदी आज २००५ रुपैयाँमा कायम भएको छ ।