Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज पनि सुनुवाइ हुने – Lekhanpeeth

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज पनि सुनुवाइ हुने

133
0
Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ ।

पूर्वगृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको रिटमा पनि सुवेदी र ढकालको इजलासमा सुनुवाइ चलिरहेको छ ।

लामिछाने र जोशी सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।

Share: