Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हिमालयन लाइफले व्यतित बीमालेख नविकरणमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने – Lekhanpeeth

हिमालयन लाइफले व्यतित बीमालेख नविकरणमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

112
0
Share:

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको छ ।

साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज जरिवानामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको हो ।

कम्पनीले व्यतित बीमालेखहरु आज जेठ ११ गतेदेखि जेठ ३० गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ ।

५ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा १०० प्रतिशत र ५ वर्षदेखि माथि व्यतित बीमालेख ६० प्रतिशतसम्ममा ब्याज जरिवानामा छुट दिने कम्पनीले जनाएको छ ।

Share: