सदनमा बोल्न नदिए पत्रकार सम्मेलन गर्ने गृहमन्त्रीको तयारी

103
0
Share:

काठमाडौं । सदनमा राजीनामा माग्दै विपक्षी दलले बोल्न नदिएपछि गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनको तयारी गरेका छन् । भिजिट भिसा प्रकरणमा विपक्षी दलले राजीनामा माग्दै निरन्तर सदन अवरोध गरिरहेका बेला लेखकले पत्रकार सम्मेलनको तयारी गरेका हुन् ।

उनी निकट स्रोतका अनुसार प्रतिनिधिसभाको अवरोध नहटे पत्रकार सम्मेलनबाट आफ्नो कुरा राख्ने तयारी छ । तर विपक्षीहरुको अवरोध हटे संसद् बैठकमार्फत् आफ्नो कुरा राख्ने गृहमन्त्रीको तयारी छ ।

Share: