उपराष्ट्रपतिका लागि भोलि मतदान,सत्ता पक्षधर १० दलले उपराष्ट्रपतिको साझा उम्मेदवार टुंगो लगाउन सकेनन्

203
0
Share:

काठमाडौ / उपराष्ट्रपति चयनका लागि भोलि (शुक्रबार) मतदान हुँदै छ। तर चुनाव हुन एक दिन बाँकी रहँदासमेत सत्ता पक्षधर १० दलले उपराष्ट्रपतिको साझा उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।सत्ता गठबन्धनको समीकरण बनाउँदा उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने समझदारी भए पनि जनमत पार्टीले समेत उम्मेदवार उठाएको छ ।

 

साझा उम्मेदवार तय गर्न हिजो (बुधबार) साँझ बालुबाटारमा बसेको गठबन्धनको बैठकले साझा उम्मेदवार कसलाई बनाउने भनेर कुनै निर्णय गर्न सकेन ।गठबन्धनकै एक दल नागरिक उन्मुक्ति पार्टीकी उपाध्यक्ष रञ्जिता श्रेष्ठले कुनै निर्णय नभएको जानकारी दिइन् ।

 

साझा उम्मेदवारकै विषयमा छलफल गर्न आज (बिहीबार) पुन: बैठक बोलाइएको छ । बुधबार बसेको नेपाली कांग्रेसको बैठकले भने जसपाका उम्मेदवारलाई मत दिने निर्णय गरेको छ । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपति उम्मेदवार छन्

Share: