क्यानलाई समर्थकको सुझाब/गुनासो : अबकहिल्यै त्रिवि खेलमैदान टेक्दीन कम्तिमा आखाले देख्नु नपरे ,कानले सुन्न नपरे यति दु ख लाग्दैन थ्यो कि ?

271
0
Share:

काठमाडौ/ क्रिकेटको पछिल्लो समय राम्रो केज बनेको छ।रास्टिय टोलि को खेल होस् या अन्य खेल क्रिकेट खेल हेर्नेको लर्को नै लाग्ने गरेको छ। विश्वकप क्रिकेट छनोटका लागि लिग टू क्रिकेटको अन्तिम खेलमा यूएई विरुद्ध जित निकाल्दै नेपाल हिजो सोझै एक दिवसीय विश्वकप छनोटमा प्रवेश गरेको हो। हिजो खेल मैदानमा भएको खेल संगै लिग टू को शीर्ष ३ मा स्थान बनाउँदै नेपालले ग्लोबल छनोटका लागि जिम्बावेको टिकट पक्का गरेको हो।

त्रि वि खेल मैदानमा हिजो ३० हजार भन्दा धेरै समर्थक र दर्शकको उपस्थिति थियो। सोहि खेल अवलोकन गर्न र खेलाडीलाई हौसला प्रधान गर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ) सुरक्षा दलबल सहित त्रि वि मैदान पुगेका थिए।उनि संगै थुपरे दलका नेताहरु समेत हिजो खेल अवलोकनकै लागि मैदान पुगेका थिए।

भी आई पी सवारी लाई सदैब प्राथमिकतामा राख्ने सुरक्षा निकाएकै अगाडी महिला शैचालय लेखेको च्यातेर पुरुषहरुको हुल नै सोहि शौचालय प्रयोग गरेको देखेर एक युवतीले महिला सम्बेदंसिलता लाई समेत ख्याल नगरी शौचालय भित्र गएका पुरुष र शैचालय भित्र बाट निस्किएकि महिला विच भएको विवाद देख्दा र क्षेउमै रहेर सो घटना समेत देखेका सुरक्षा निकायले तेस बारे कुनै प्रतिक्रिया नजनाएको देखे पछि उनले आफु कहिल्यौ अब त्रि वि खेल मैदान नजाने र यस्तो महिला संग जोडिएको सम्बेदंसिल विषयमा क्यानले बेवास्था गरेको देख्दा दुख लागेको भन्दै पत्रकारलाई समेत यस्ता विसयमा कलम नचलाएको भन्दै प्रश्न गर्दै भाबुक स्ट्यटस लेखेर क्यानको सबै सरोकार वाला निकायको ध्यान केन्द्रित गराएकि छन्।

त्रि वि खेल मैदानमा भने खेल खेल्ने खेलाडी र दर्शकले प्रयोग गर्ने शौचालय समेत व्यवस्थित नभएको सहभागी महिला समर्थक हरुबाट गुनासो सामाजिक संजालमा व्यक्त गरेका छन्। महिला शैचालय लेखेको ठाउमा समेत महिला सम्बेदनशिलतालाई ख्याल नगरी पुरुषहरुले नै महिला शौचालय प्रयोग गरे पछि महिला समर्थक तथा हिजको खेलका दर्शकले निक्कै मार्मिक स्ट्याटस मार्फत आफ्नो गुनासो ब्यक्त गरेकि हुन्।

समर्थक लेख्छन : न क्यानले नै महिलालाई प्राथमिकतामा राख्छ न त हजारौ पुरुष समर्थकले नै ! महिला शौचालय लेखेको ठाउमा समेत लेखेको च्यातेर १५/२० जना पुरुष एक साथ शौचालय भित्र पस्छन र उल्टै महिला संग नै झगडा गर्छन। सगै सुरक्षाका खटिएका प्रहरीले समेत महिलाको सुख बुझ्दैनन् र हेरी मात्र रहन्छन। अनि क्यानले के व्यवस्था गर्छ र जानु त्रि वि खेल मैदान , म सदैब टाढाबाट त्रि वि को यात्रा गर्छु , हिजो जस्तो दुख कहिल्यै पाएको छैन। उनि भन्छिन महिला को इज्जत कहा छ ? कहा छ हाम्रो सम्मान , क्यानले बुझ्नु पर्छ र सुरक्षा निकायले नि बुझ्नु पर्छ। छेउमै भएका समर्थक हरु बोतल फाल्छन विदेशी खेलाडीलाई मुखमा आए जति बोल्छन इज्जत भन्ने चिज छैन ? आखिर के का आधारमा समर्थक तपाईहरु ? ३० हजारको उपस्थिति मात्र समर्थन हो ?? उनि लेख्छिन अब म यस्तै माहोल रह रहे कह्ल्यै त्रि वि खेल मैदान टेक्दीन कम्तिमा आखाले देख्नु नपरे कानले सुन्न नपरे यति दुख लाग्दैन थ्यो कि ? महिला पत्रकार कतिजना सदैब त्रि वि खेल मैदान जानु हुन्छ देख्नु भएको छैन ? किन समाचार लेख्नु हुन् ? किन सम्बन्धित निकै क्यान र त्रि वि खेल मैदानलाई सुझाब र दबाद दिनु हुन्।

समर्थकको गुनासो यस्तो थियो।

उनि एक पात्र मात्र हुन् यस्ता हजारैले यस्तो समस्या झेलेको उनको दाबि छ । क्यान र त्रि वि कल मैदानको व्यवस्थापन ले समयमा नै सोची दिने हो भने आगामी दिनमा यस्ता खेल हुदा समर्थकलाइ पालन गराउनु पर्ने नियम र खेल मैदानको संगै शौचालय जस्तो विषय र यसको व्यवस्थापन गर्न समेत ध्यान दिन जरुरि छ।

क्यानले आगामी खेल संचालन गर्नु पुर्व नै यी र यस्ता विषयको ध्यान दिएर अगि बढ्नु जरुरि छ। नत्र क्यान थप बदनाम हुनु पुग्छ। तसर्थ क्यान र सम्बन्धित सबै सरोकारवालाको ध्यान जान अन्त्यन्तै जरुरि देखिन्छ।

Share: