मन्त्रिपरिषद्ले गर्यो पाँच जनालाई एआईजीमा बढुवा

160
0
Share:

काठमाडौँ/ सोमबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले पाँच जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।

गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई डीआईजीबाट एआईजीमा बढुवा गरेको हो।

केही दिनअघि गृह मन्त्रालयले उनीहरुको नाम बढुवाको लागि मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।

Share: